images
images

कस्तो हुनेछ आजको मौसम ?


  • 237
    SHARES
  • २०७९ कार्तिक १८ गते शुक्रबार

    कस्तो हुनेछ आजको मौसम ?

    काठमाडौं । आज विभिन्न स्थानमा आंशिक बदली र हल्का बर्षा हुने जल तथा मौसम विज्ञान विभागले  जनाएको छ । बिहान प्रदेश–१ लगायत बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

    आज दिउँसो सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ । देशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।


    images
    images

    Logo