काठमाडौं । बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। अब सो आईपीओमा कात्तिक २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।
कम्पनीले कुल २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ । उक्त आईपीओमा बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं। १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ।