images
images

हिमालयन होटेलको नाममा ४ करोड ५० लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ


  • 331
    SHARES
  • २०७९ कार्तिक १७ गते बिहीबार

    हिमालयन होटेलको नाममा ४ करोड ५० लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं । हिमालयन होटेल कम्पनीको नाममा ४ करोड ५० लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका–१७ घर भई सोही महानगरपालिका–१४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारी रहेका छन् । 

    त्यसपछि हिमालयन होटल नामक कम्पनी दर्ता गराई राम्रो आम्दानी हुने भनि ४ करोड ५० लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बुधबार वीरगन्जस्थित प्रतिमाचोकबाट पक्राउ गरेको हो ।

    उनले सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनानाएर घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेको पाइएको छ । 

    उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ । 

     


    images
    images

    Logo