काठमाडौं । इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । बिहीवार बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।
सो आईपीओमा मागभन्दा धेरै आवेदन परेको छ । यसकारण आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसअनुसार १० कित्ताका दरले आईपीओ बाँडपाँट गर्दा ६२ हजार ५ सय १९ जनाले १० कित्ताका दरले यो आईपीओ पाएका छन् । उक्त आईपीओमा ५८ हजार २ सय २० जनाले १ करोड ४८ लाख ७४ हजार ४० कित्ता शेयरका लागि आवेदन परेको थियो।
कम्पनीले कुल ६ लाख ७० हजार ३ सय १० कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४ सय ६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको ६ लाख २३ हजार २ सय ८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।