काठमाडौं । दुई कम्पनीका लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बिहीवार नेपाल लाइफ इन्स्योरेन्स र अरुण कावेली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनका लागि कात्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ कात्तिक १७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउँनेछन् ।
नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न मंसिर ८ गते साधारणसभा बोलाएको छ।
त्यसैगरी, अरुण कावेली हाइड्रोपावरले कात्तिक ३० गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस अनुसार कात्तिक १७ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।



