images
images

काठमाडौं महानगरभित्र पर्ने सवै बडामा महिला सञ्जाल गठन गर्ने


  • 407
    SHARES
  • २०७९ कार्तिक १६ गते बुधबार

    काठमाडौं महानगरभित्र पर्ने सवै बडामा महिला सञ्जाल गठन गर्ने

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औंपचारिक जानकारी गराइन् । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ता भित्र सबै वडाहरुमा गठन गरिसक्न पनि वडाहरुलाई निर्देशन दिइन् ।

    महानगरपालिकाकी न्यायिक समितिका संयोजक समेत रहनु भएकी उपमेयर डंगोलले सो सञ्जालमा काम गर्दाखेरी पुरुषहरुमाथि कुनै पनि किसिमको विभेद नहुने पनि पटकपटक दोहोर्‍याइन् । उपमेयर डंगोलले भनिन् 'काठमाडौँ महानगरपालिका महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९ बमोजिम संयोजकले ३ जना सदस्य छनौट गर्न सक्ने व्यवस्था छ ।

    महिला हिंसाविरुद्ध वडा तहमा क्रियाशील संस्थाका प्रतिनिधिमध्ये २ जना र महिला अधिकारको क्षेत्रमा काम गर्ने मेलमिलापकर्ता, कानुन व्यवसायी, समाजसेवी वा पत्रकारमध्येबाट १ जना गरी ३ जना छनौट गर्ने संयोजकलाई अधिकार दिइएको छ । दलित महिला सदस्य र नजिकको प्रहरी कार्यालयका सम्भव भएसम्म महिला प्रतिनिधि समितिको सदस्य रहनु हुनेछ । वडा सचिव सदस्य सचिव रहने समितिलाई आउँदो ७ दिनभित्र पूर्णता दिन म सबै संयोजकहरुलाई आग्रह गर्न चाहान्छु ' ।


    images
    images

    Logo