images
images

डेंगु संक्रमणका कारण लमजुङकी पत्रकार चाँदनी अधिकारीको मृत्यु


  • 590
    SHARES
  • २०७९ कार्तिक १६ गते बुधबार

    डेंगु संक्रमणका कारण लमजुङकी पत्रकार चाँदनी अधिकारीको मृत्यु

    काठमाडौं । डेंगी संक्रमणबाट लमजुङकी पत्रकार चाँदनी अधिकारीको निधन भएको छ। लमजुङको रेडियो भोटेओडारमा कार्यरत पत्रकार चाँदनी अधिकारीको बुधवार बिहान निधन भएको हो । 

    सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मंगलबार अधिकारीलाई  बेशीसहरको मोडल अस्पतालमा भर्ना गरिएको थियो । समस्या बढ्दै गएपछि उनीलाई मंगलबार थप उपचारका लागि चितवनको मेडिकल कलेज लगिएको थियो।

    मेडिकल कलेजमा उपचारकै क्रममा बुधबार बिहान साँढे ६ बजे चिकित्सकले  अधिकारीलाई मृत घोषणा गरेका थिए । विगत डेढबर्षदेखि रेडियो भोटेओडारमा कार्यरत अधिकारी प्रेस सेन्टर नेपाल लमजुङको सचिव, सञ्चारिका समूह लमजुङको सहसचिव थिइन । नेपाल पत्रकार महासंघ लमजुङ शाखाले एक शोक विज्ञप्ति जारी गरी अधिकारीको निधनमा दुःख व्यक्त गरेको छ ।


    images
    images

    Logo