काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २२ करोड ६६ लाख रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बुधवार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले क वर्गाको वाणिज्य बैंकहरुमा १८ करोड १४ लाख, ख वर्गाको राष्ट्रिय वर्गका विकास बैंकहरुमा ३ करोड ३९ लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड १३ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई कात्तिक २१ गते जानकारी गराउन बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६६ दिनको हुनेछ ।