काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई चुनाव प्रचारमा आयोगको कडाइ गरेको छ । बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री र मन्त्रीसहित सार्वजनिक पदधारण गरेको व्यक्तिले चनावी प्रचारप्रसार गर्न जार्दा अनिर्वाय रुपमा आयोगको अनुमति लिग्नुपर्ने जनाएको हो ।
त्यस्तै, कुनैपनि सार्वजनिक पल धारण गरेका व्यक्तिले चनावी प्रचारप्रसार निर्वाचन आचारसंहितामा व्यवस्था गरिए अनुसार कुनै पनि सरकारी स्रोत र साधनको दुरुपयोग नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराएका आयोगले जनाएको छ ।
त्यस्तै, सार्वजनिक पद धारण गरेका सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, प्रदेश मन्त्रीज्यूहरुले अनुमति लिएर जान सक्ने तर त्यसरी जाँदाखेरी कुनै पनि सरकारी स्रोत, साधनको प्रयोग गर्न हुँदैन भन्ने कानुनी रहेको बताएका छन् । यसका साथै कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले सरकारको स्रोत, साधनको प्रयोग भए/नभएको विषयमा अनुगमन गर्नका लागि पनि आवश्यक प्रबन्ध मिलाएका बताएका छन् ।
आयोगका अनुसार आमसभा र कोणसभा गर्दा बनाइएका मंचहरु, त्यसका लागि तयारी गर्दा लागेका खर्चहरू आचारसंहिता भित्र बसेर जति गर्नुपर्ने हो, खर्च लागेको विवरण सम्बन्धित उम्मेदवारले १५ दिन भित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने गरी जनाएको छ ।



