images
images

अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न मन्त्रिपरिषदको स्वीकृति


  • 304
    SHARES
  • २०७९ कार्तिक १६ गते बुधबार

    अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न मन्त्रिपरिषदको स्वीकृति

    काठमाडौं । अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सेवा सम्झौता गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । बुधवार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । 

    सो सम्झौतापछि दुवै मुलुकका वायुसेवा कम्पनीलाई एक अर्का मुलुकमा सिधा हवाई उडानको बाटो खुल्ने छ । नेपाल र स्विट्जरल्यान्डबीच यसअघि नै हवाई सेवा सञ्चालन गर्नेबारे समझदारी भइसकेको छ ।

    विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डालगायत मुलुकसँग हवाई सम्झौताको तयारी गरेको छ । जसमध्ये आज बसेको बैठकले अमेरिका, स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न  स्वीकृति दिएको हो । 

    नेपालले हाल ४० देश र युरोपेली सङ्घ (इयु) गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । तीमध्ये २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सरकारले पछिल्लो पटक अष्ट्रेलियासँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको थियो ।


    images
    images

    Logo