काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरवहादुर देउवालाई डडेल्धुरा जानको लागि अङ्कुश लगाएको छ । देउवालाई सरकारी खर्चमा गृह जिल्ला जान आयोगले रोक लगाएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार आयोगलाई पत्र लेख्दै प्रधानमन्त्रीलाई डडेल्धुरा जान अनुमति माग गरेको थियो । आयोगले आफ्नै खर्च तथा सोत साधनको प्रयोग गरेर मात्र डडेल्धुरा जानको लागि स्वीकृति दिएको छ । स्वीकृतिसँगै देउवाले आफ्नो खर्च गरेर आफ्नो निर्वाचन क्षेत्र जान पाउनेछन् ।