काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप एकै साता १७ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्ष संघका अनुसार कात्तिक महिनाको दोस्रो सातामा बैंकहरुको निक्षेप सो रुपैयाँ बराबर घट्न पुगेको हो ।
संघका अनुसार कात्तिकको पहिलो साता ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप दोस्रो सातामा आउँदा १७ अर्ब रुपैयाँले घटेर ४५ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ ।
त्यस्तै, सो अवधिमा बैंकहरुको कर्जा लगानी भने स्थिर रहेको छ । कात्तिक महिनाको दोस्रो सातामा बैंकहरुको कर्जा लगानी ४२ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । कात्तिकको पहिलो सातामा पनि कर्जा लगानी सो रकम बराबर नै रहेको महासंघले जनाएको छ ।