काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चुनावको लागि एक साता विदा दिने तयारी गरेको छ । जाडोको बिदामा समायोजन गर्ने गरी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा बिदा दिने सुझाव आएकोले त्यसै गरी बिदा दिने तयारी भइरहेको बताइएको छ ।
चुनावका बेला विद्यार्थीहरू पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरूमा मतदान केन्द्रहरू पर्ने भएकोले एक साता बिदा दिने तयारी रहेको बताइएको छ । उक्त विदा मंसिर १ देखि ७ सम्म बिदा हुनसक्ने सम्भावना छ ।