images
images

सरकारी कार्यालय आजदेखि ४ बजेबन्द हुने


  • 1.0K
    SHARES
  • २०७९ कार्तिक १६ गते बुधबार

    सरकारी कार्यालय आजदेखि ४ बजेबन्द हुने

    काठमाडौं । आजदेखि सरकारी कार्यालय ४ बजे बन्द हुने भएको छ । कात्तिक १६ गते अथात् आजदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय ४ बजे बन्द हुने भएको हो । यस अघि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ५ बजे बन्द हुँदै आएकोमा बुधबारदेखि १ घण्टा अगावै सरकारी कार्यालय बन्द हुने भएका छन्।

    यसैगरी, १६ कात्तिकदेखि तीन महिना अर्थात १५ माघसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछन् । हरेक शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने छ ।  

    वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म तोकिएको मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय निर्धारण गरेकाे थियाे जसअनुसार आजबाट १ घण्टा अगाडी बन्द हुने भएको हाे ।

    rajpatra.jpg


    images
    images

    Logo