काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
मंगलवार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा तोकिएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।