काठमाडौं । इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सो आईपीओ बिहीवार बाँडफाँट हुने भएको हो ।
सो आईपीओमा मागभन्दा धेरै आवेदन परेको छ । यसकारण आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसअनुसार १० कित्ताका दरले आईपीओ बाँडपाँट गर्दा ६२ हजार ३ सय २८ जनाले मात्र यो आईपीओ पाउने भएका छन् । उक्त आईपीओमा १३ लाख ९४ हजार ३२६ जनाले १ करोड ५७ लाख १८ हजार ४७० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले कुल ६ लाख ७० हजार ३ सय १० कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४ सय ६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको ६ लाख २३ हजार २ सय ८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।