काठमाडाैं । सानिमा बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको कुल ५१ लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयरको न्युनतम शेयर मूल्य प्रतिकित्ता १ सय ४५ रुपैयाँ तोकिएको छ । साथै सो शेयरमा आवेदन दिँदा लगानीकर्ताले न्युनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई ७ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले अनुरोध गरेको छ ।
कम्पनीले यस अघि पनि संस्थापक शेयरधनीका लागि विक्री खुला गरेको थियो सो समयभित्र पर्याप्त आवेदन नपरेकाले कम्पनीले पुनः बोलपत्र खुला गरेको हो ।