भक्तपुर । नेपाली कांग्रेसको तर्फबाट भक्तपुर क्षेत्र नम्बर १ चाँगुनारायण प्रदेश सभा “क” बाट प्रत्यक्ष तर्फका उम्मेदबार सुरेश श्रेष्ठले समृद्ध चाँगुनारायण बनाउन आफु दिनरात नभनी खटिने बताएका छन् । आफ्नो उम्मेदवारी जनताको सेवाका लागि भएको बताउदै श्रेष्ठले आफू प्रदेश सांसद्को फुली लगाउनमात्र उम्मेदवार नबनेको बताए ।
भक्तपुरका सकृय पत्रकारसँग कुरागर्दै श्रेष्ठले स्थानीय स्तरमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, आधुनिक कृषि प्रणाली, सडक निर्माण र स्तरोन्नती गरी सर्वसाधारणलाई सुविधा दिनका लागि आफु उम्मेदवार बनेको बताए । आफू सांसदमा निर्वाचित भए प्रदेशसभामा चाँगुनारायणको आवाजलाई बुलन्द पार्दै यहाँको बिकास, समृद्धिका लागि नीति, कार्यक्रम तथा बजेट पार्न सकृय रहने श्रेष्ठको भनाई थियो ।
प्रदेशको थप अधिकारको लागि प्रदेश संसदमा सशक्त आवाज उठाउने बताउँदै श्रेष्ठले जनतामाझ संघीयता र प्रदेश सभाको महत्व बुझाउन र प्रदेशलाई केन्द्रले दिएको अधिकार थप गर्न सशक्त भुमिका खेल्ने दावी गरे । बिकास निर्माणको पहिलो खुड्किलो सडक भएकाले सडक बिस्तार गरी फराकिलो बनाउने, सडक नभएको ठाउँमा सडक खोल्ने र कच्चि सडक बनाउने तथा कच्चि सडकलाई स्तरोन्नति गरि कालोपत्रे गर्ने काममा लागि पर्ने श्रेष्ठले बताए ।
सडकको बिकास भएर मात्र नहुने भन्दै श्रेष्ठले सडकमा सार्बजनिक यातायातका साधन पनि प्रदेश समिति भित्र संचालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरकोट सडक निर्माणमा भैरहेको ढिलाई प्रति आफु सजग र सचेत रहेको बताउँदै यसलाई यथाशीघ्र सम्पन्न गर्न आफ्नो सम्पुर्ण शक्ति लगाउँने श्रेष्ठको भनाई थियो ।
परम्परागत पेट पाल्नका लागि मात्र खेति गर्ने क्रमको अन्त्य गरी कृषिलाई आधुनिकिकरण गर्नुपर्नेमा जोड दिदै श्रेष्ठले अव परम्परागत कृषि प्रणालीलाई पूर्णरुमा परिबर्तन गरि आधुनिक कृषि प्रणाली अँगाल्नु पर्ने र त्यसका लागि टनेल र हाईटेक प्रबिधिको प्रयोगमा जोड दिए । यसका लागि आधुनिक औजार र प्रबिधि प्रयोगमा अनुदानको व्यवस्था गर्न, उन्नत जातको बीउ, मल, सिंचाई र वजार व्यवस्था गर्न पहल गर्ने श्रेष्ठको भनाई थियो । उत्पादित कृषि उपज वजार पुर्याउन तथा उचित मुल्यमा खरिद गर्ने व्यवस्था मिलाउन आफुले सक्दो पहल गर्ने श्रेष्ठले बताए ।
किसानलाई नगदेबाली लगाउन प्रेरित गर्ने, कृषि र पर्यटनलाई जोडेर अघि बढ्ने उल्लेखगर्दै श्रेष्ठले कृषि र पर्यटनलाई जोड्न गाउँगाउँमा होटल तथा होमस्टेलाई प्राथमिकता दिने श्रेष्ठको योजना रहेको छ । विश्व सम्पदा सुचिमा सुचिकृत चाँगु नारायण मन्दिर र नगरकोट यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य रहेको उल्लेखगर्दै श्रेष्ठले पर्यटन विकास गरी यस क्षेत्रमा आयआर्जन तथा रोजगारी बिस्तार गर्न सकिनेमा जोड दिए ।
पर्यटकलाई पनि किसानका खेतबारीमा अवलोकन गराउने कार्यक्रम अघिसार्दै त्यसबाट पर्यटकको बसाई लम्ब्याउन सकिनेमा श्रेष्ठको जोड थियो । खानेपानीको समस्या समाधान गर्न मेलम्ची आयोजना परेकाले दीर्घकालिन समस्या समाधान गर्न सकिने उल्लेखगर्दै श्रेष्ठले त्यतिन्जेलसम्म खोलाको किनारमा ठूला बोरिङहरू गरी डाँडामा ट्याङ्कि राखेर बितरण गर्न सके खानेपानीको समस्या समाधान गर्न सकिने बताए । पानीका बैकल्पिक स्रोतहरूको बढी प्रयोग गरेर पनि समस्याको समाधान गर्न सकिमा श्रेष्ठको जोड थियो ।
गुणस्तरीय शिक्षाका लागि नीजि र सामुदायिक बिद्यालय बीच हुने बिभेदको अन्त्य गर्न, शिक्षकलाई समयानुकुल तालिमको व्यवस्था गर्न, समयमा बिद्यार्थीको हातमा पुस्तक पु¥याउनु पर्नेमा जोडदिंदै श्रेष्ठले विद्यालय व्यवस्थापन, विद्यार्थी र अभिभावकबीच समधुर सम्बन्ध बनाएर शैक्षिक क्षेत्रको बिकास गर्न सकिने बताए ।
युवालाई स्थानीय स्तरमै रोजगार दिलाउन उद्योग धन्दा, कलकारखाना खोल्न प्रेरित गरी रोजगारी सिर्जना गर्ने, स्वास्थ्यलाई सबैको पहुँच पु¥याउन भएका अस्पताललाई स्तर उन्नती गर्दै सेवा सुबिधा सम्पन्न बनाउँन पहल गर्ने लगायतका काम गर्न आफु दिन रात नभनि खटिने श्रेष्ठको प्रतिबद्धता छ ।
श्रेष्ठले थपे, “मेरो खटाई समृद्ध चाँगनारायण प्रदेश बनाउनका लागि हुनेछ । यसका लागि चाँगुनारायणबासी, बुद्धिजीवी, नागरिक अगुवा, समाजसेवी, संचारकर्मी सबैको सहयोग र साथको आशा एबं बिश्वास गरेको छु ।”



