भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं १ (क) मा स्वतन्त्र उम्मेदवारी दिएका श्रीभक्त कासीछवालाई एमालेले साधारण सदस्य समेत नरहनेगरी बर्खास्त गरेको छ । पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको र पटक पटक सम्झाउँदा पनि उम्मेदवारी फिर्ता नलिएको भन्दै उनलाई निष्कासन गरिएको एमाले भक्तपुरले जनाएको हो ।
पार्टीका जिल्ला अध्यक्ष पचन देउजाले आज एक वक्तव्य जारी गर्दै एमालेका आधिकारिक उम्मेदवार मोहनवीर श्रेष्ठलाई जिताउन अपिल गरेका छन् ।
कासीछवा यसअघि स्थानीय निर्वाचनमा चाँगुनारायण नगरपालिकाबाट मेयरको आकांक्षी थिए । तर एमालेले उनलाई टिकट दिएन । अहिले प्रदेशसभामा पार्टीबाट उम्मेदवार बन्ने आकांक्षा समेत पूरा नभएपछि उनल स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।