images
images

मस्क भने ट्विटरको नयाँ सीईओ, सबै बोर्ड सदस्य बर्खास्त


  • 358
    SHARES
  • २०७९ कार्तिक १५ गते मंगलबार

    मस्क भने ट्विटरको नयाँ सीईओ, सबै बोर्ड सदस्य बर्खास्त

    काठमाडौं । सामाजिक सञ्जाल ट्विटरका नयाँ सीईओमा एलन मस्क चयन भएका छन् । यस अघिका सीईओ पराग अग्रवाललाई बर्खास्त गरेसँगै मस्कले आफैँलाई सीईओ छानेका हुन् । साथै उनले सम्पूर्ण बोर्ड सदस्यहरुलाई बर्खास्त समेत गरेका छन् । योसँगै उनी ट्विटरको एकमात्र बोर्ड सदस्य छन् । 

    अमेरिकाको धितोपत्र तथा विनिमय आयोगमा ट्विटरले पेश गरेको फाइलका आधारमा यस्तो खुलासा भएको हो । यसअघि मस्कले सीईओ अग्रवालका साथै सीएफओ नेद सहगल र कानूनी तथा नीति प्रमुख विजया गड्डे लगायतका शीर्ष अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन् । 

    अहिले ट्विटरसँग करिव ७ हजार ५ सय कर्मचारी रहेकोमा करिव ५ हजार ६ सय कर्मचारीलाई समेत मस्कले निष्काशन गर्ने अनुमान गरिएको छ । यद्यपि ट्वीटरका जनरल काउन्सिल सेन एजेटले यसलाई अस्वीकार गरेका छन् । कर्मचारीलाई इमेल पठाएर उनले कम्पनीले कामबाट हटाउने कुनै योजना नरहेको बताए ।


    images
    images

    Logo