images
images

एकैदिन ३ हजार ४ सय जना भन्दाबढी सवारी चालक कारवाहीमा


  • 327
    SHARES
  • २०७९ कार्तिक १५ गते मंगलबार

    एकैदिन ३ हजार ४ सय जना भन्दाबढी सवारी चालक कारवाहीमा

    काठमाडौं ।  काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४ सय ७५ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ७१ जना, लेन अनुशासन पालना नगर्ने २ सय ९ जना, रेड लाइडमा सवारी साधन चलाउने ४० जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९१ र नम्बर प्लेट राम्रोसँग नराख्ने १ सय ३४ जना चालक रहेका छन् । यस्तै २ हजार ८ सय ३० जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo