काठमाडौं । पोखरा महानगरपालिकाले आजदेखि अनाधिकृत रुपमा बनाएका संरचना हटाउन सुरु गर्ने भएको छ ।महानगरले सोमबार सुचना जारी गर्दै आज (मंगलबार)बाट कानून मिचेर बनाइएका संरचना हटाउने लागेको हो ।
महानगरको सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र रहेका भूमिगत पार्किङलाई सोही प्रयोजनमा लागि गर्न/गराउन सम्बन्धित घरधनी र व्यवसायीहरुलाई सार्वजनिक रुपमा पटक–पटक आग्रह गर्दा पनि अटेर गरी प्रयोजन विपरीतका सञ्चालनमा रहेका भूमिगत पार्किङहरु मंगलबारदेखि महानगर आफैँले खाली गर्ने व्यहोरा जानकारीका लागि सबैमा अनुरोध गरिन्छ ।’
पोखरा महानगरले भवनका भूमिगत तलालाई प्रयोजनअनुरुप नै पार्किङमा प्रयोग गर्न अनुरोध गरेको थियो । पोखरा न्युरोड क्षेत्रबाट अन्डरग्राउन्डमा प्रयोजन विपरीत बनेका संरचना हटाइने र अटेरी गरे महानगरले आफैँ खालि गर्ने जनाएकाे छ ।



