images
images

दुई महिनामा पनि किन सञ्चालनमा आएन नयाँ दमकल ?


  • 380
    SHARES
  • २०७९ कार्तिक १५ गते मंगलबार

    दुई महिनामा पनि किन सञ्चालनमा आएन नयाँ दमकल ?

    भक्तपुर । जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुर कार्यालयमा नयाँ दमकल ल्याएको दुई महिनाबढी बितिसक्यो । आगलागी नियन्त्रणका लागि भन्द‌ै लाखौं रूपैयाँ खर्चिएर ल्याइएको त्यो दमकल भदौ १० गते हस्तान्तरण भएपनि सम्बन्धित निकायको गैरजिम्मेवारीका कारण अझै सञ्चालनमा आउन नसकेको हो ।

    सुर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाले संयुक्त रूपमा खरिद गरेर कार्यालयलाई हस्तान्तरण गरेका थिए । नयाँ प्रविधिको दमकल हस्तान्तरण भएपनि चलाउँने तालिम लगायतका अत्यावश्यक सामाग्री समेत उपलब्ध नहुंदा सञ्चालनमा ल्याउन नसकिएको हो ।

    सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाको संयुक्त लगानीमा जिल्ला समन्वय समिति मार्फत खरिद गरिएको सो दमकल लामो समयसम्म पनि सञ्चालन गर्न नसकेको भन्दै कार्यालयले पटक पटक पत्राचार गर्दा पनि सम्बन्धित निकायले चासो दिएको छैन । लामो समयसम्म दमकल सञ्चालनमा नआउँदा समस्या आउन सक्ने भएपनि खरिदमा नेतृत्व लिएको जिल्ला समन्वय समितिले सञ्चालनमा वेवास्ता गर्दै आएको छ ।

    313546008_3244825462396143_7792930170414102100_n.jpg

    नयाँ प्रविधिको दमकल ल्याँउदा कसरी सञ्चालनमा ल्याउँने भन्ने विषयमा प्रशिक्षण दिनुपर्नेमा हस्तान्तरण भएको दुई महिना बितिसक्दा पनि त्यसो हुन नसक्दा सञ्चालनमा आउन नसकेको कार्यालयका प्रमुख विजय धौभँडेल बताउँछन् । 

    दमकल हस्तातरण समारोहमा बोल्दै जिल्ला समन्वय समितिका समन्वय अधिकारी जगन्नाथ लामिछानेले एक साताभित्रै  तालिम गराइदिने वचन दिएका थिए ।  

    करिव ५८ लाख रूपैयाँमा खरिद गरिएको दमकलसँगै  ५ लिटर फम टेन्डर समेत हुनुपर्नेमा त्यो समेत उपलब्ध गराइएको छैन । त्यसमा रिमोट कन्ट्रोलबाट सञ्चालन हुने ठूलो फक्सलाईट चलाउन समेत प्रशिक्षण आवश्यक पर्छ ।  हामीलाई बत्ती कसरी बाल्ने र फम टेन्डर प्रयोग गर्ने बिषयमा प्रशिक्षण दिइएको छैन । 

    फम टेन्डर भएको दमकल इन्धनजन्य आगलागीमा अत्यन्त उपयोगी मानिन्छ । अन्यत्र यस्ता दमकल नभएका कारण यस्को महत्त्वपूर्ण भूमिका रहन्छ । दमकल सञ्चालनका लागि कर्यालयले जिल्ला समन्वय समितिलाई दुई पटक पत्राचार गरिसकेको छ । 

    तर, जिल्ला समन्वय समिति भक्तपुरबाट कुनैपनि पहल भएको छ‌ैन । कतैबाट पहल नभएपछि  तेस्रो पटक पत्र लेख्ने तयारीमा रहेको प्रमुख धौवडेल बताउँछन् । सो विषयमा धौवडेलले प्रमख अधिकारीलाई पनि जानकारी गराएको बताए ।आगलागी नियन्त्रण जस्तो सम्वेदनशील कुरामा प्रयोग हुने कुरामा यतिसम्म वेवास्ता हुँदा कसैको ध्यान नजानु बिडम्वना हो ।

    फम टेन्डर दमकलले फमसहित सीधै आगलागी नियन्त्रण गर्न सक्छ । छिटो र प्रभावकारी अनि  कम खर्चमा आगलागी नियन्त्रण गर्न फम टेण्डर दमकल उपयोगी मानिन्छ । अन्य दमकलमा चाँहि ग्यालेन ग्यालेनमा राखेर प्रयोग गर्दा ढिलो हुन्छ । 
     
    दुई महिनाको अवधिमा कार्यालयका दमकलले ८÷१० वटा आगलागी नियन्त्रण गरिसकेका छन् ।हाल यन्त्रमा मध्यपुर थिमी नगरपालिकाले २०७३ सालमा उपलव्ध गराएको एउटा दमकल पहिलो डिउटीको स्पमा सञ्चालित छ । त्यस लगतै सिद्धिस्मृति हस्पिटलका सञ्चालक श्याम सुन्दर ढौभाडेलले प्रदान गरेको सेकेण्ड ह्यान्ड दमकल पनि सञ्चालित छ । 

    गृहमन्त्रालय अन्तर्गत रहेको एक मात्र सो कार्यालय काठमाडौँ उपत्यका लगायतका असपासका काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगाायका जिल्लामा समेत आगलागी नियन्त्रण गर्दै आएको छ । 

    दुई महिनासम्म पनि दमकल सञ्चालनमा नआउँदा पनि हस्तान्तरण समारोहमा आतिथिका रूपमा उपस्थित जिसस प्रमुख ईश्वर बहादुर थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख  जीवन खत्री, प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, जिल्ला समन्वय अधिकारी जगनाथ लामिछानेले कानमा तेल हालेर बस्दा स्थानीय अचम्ममा परेका छन् ।


    images
    images

    Logo