images
images

सन्दीप लामिछानेविरुद्ध मुद्दा दायर, १० देखि १२ वर्षको कैद सजाय माग


  • 385
    SHARES
  • २०७९ कार्तिक १४ गते सोमबार

    सन्दीप लामिछानेविरुद्ध मुद्दा दायर, १० देखि १२ वर्षको कैद सजाय माग

    काठमाडौं । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । किशोरी बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध उक्त मुद्दा दायर गरिएको हो । मुद्दामाथि मङ्गलबारदेखि थुनछेक बहस हुनेछ ।

    सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।

    प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेका गर्दै आफू निर्दोष रहेको आफूले बलात्कार नगरेको बयान दिनुभएको छ । 

    लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले उहाँलाई गत असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।


    images
    images

    Logo