images
images

नेपाल एयरलाइन्सको उडान रद्द हुँदा २५४ यात्रु अलपत्र


  • 657
    SHARES
  • २०७९ कार्तिक १४ गते सोमबार

    नेपाल एयरलाइन्सको उडान रद्द हुँदा २५४ यात्रु अलपत्र

    काठमाडाैं । अन्तिम समयमा उडान रोकिँदा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजबाट आइतबार दिउँसो भारतको नयाँ दिल्ली जान लागेका २ सय ५४ यात्रु अलपत्र परेका छन् । अलपत्र यात्रुमध्ये कतिपयलाई आइतबार नै अन्य एयरलाइन्सका जहाजमा पठाइएको र बाँकीलाई सोमवारको उडानबाट गन्तव्यमा पुर्‍याइने निगमले बताएको छ।

    उडान रोकिएको विषयमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमबीच दोहोरी चलेको छ । प्राधिकरणले उडान तालिका स्वीकृत नगरी निगमले यात्रु उडाउन खोजेको दाबी गरेको छ। निगमले चाहिँ उडान तालिका प्राधिकरणमा पेस गरिसकेको र स्वीकृतिका लागि प्रयास जारी रहेको भन्दै यात्रु उडाउन खोजेको बताएको छ। प्राधिकरणले आइतबारदेखि विन्टर सेड्युल लागू गरेको छ । 


    images
    images

    Logo