images
images

मुख्यमन्त्री हँदा शेरधन राइले लगे झण्डै ५ अर्ब बजेट


  • 337
    SHARES
  • २०७९ कार्तिक १३ गते आइतबार

    मुख्यमन्त्री हँदा शेरधन राइले लगे झण्डै ५ अर्ब बजेट

    काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेयधन राइले ५ अर्ब बजेट खर्च गरेका छन् । मुख्यमन्त्री राइले प्रदेश नं. १ मा आफु मुख्यमन्त्रीको पदमा हँदा भोजपुर जिल्लामा गरेको कामहरु समेटेर श्र्वेतपत्र सार्वजनिक गरेका छन् ।

    आइतबार मुख्यमन्त्री राइले भोजपुरको हुतवागढी, घोरेटारमा एक कार्यक्रम राइले ३ वर्ष ६ महिना ७ दिन प्रदेश नं. १ मा मुख्यमन्त्री रहँदा आफुले भोजपुर जिल्लामा गरेका विकास निमार्णका कामहरु र लागेको बजेट श्र्वेतपत्र सार्वजनिक गरेका छन् । २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त हुन भएको थियो ।

    २०७८ भदौ १० गते राईले राजीनामा दिँदै एमालेकै नेता भीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गरेका थिए । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राई नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । 

    उनले सार्वजनिक गरे अनुसार कुल आयोजनाको संख्या ४ सय ४२ रहेको छ भने त्यसका खर्च गरेको बजेट कुल ४ अर्ब ९२ करोड ९२ लाख ३४ हजार ८ सय ६८ रुपैयाँ रहेको छ । जसमा सडक यातायात कायक्रम अन्तर्गत ६८ वटा आयोजनाको लागि २ अर्ब २७ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, बहुबर्षीय सडक यातायातको लागि २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । 

    मुख्यमन्त्री ग्रामीण सडक आयोजना ४ वटाको लागि ८ करोड ८८ लाख रुपैयाँ रहेको छ भने सडक स्तरोन्नती र मर्मतको ६० वटा आयोजनाको लागि १९ करोड ३५ लाख रुपैयाँ खर्च गरेका छन् । त्यस्तै, शिक्षा क्षेत्रमा १ सय ४२ वटा विद्यालयको लागि ८ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट खर्च गरेका छन् । 

    त्यस्तै, जनता आवस कायक्रमको लागि ४ करोड १८ लाख रुपैयाँ खर्च गरेका छन् । स्वास्थ्य  केन्द्र तथा स्वास्थ्य चौकीहरु गरि जम्मा ५७ वटा शिर्षकमा ८ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् ।


    images
    images

    Logo