images
images

मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटनामा परि पाँच जनाको मृत्यु, २५ घाइते


  • 289
    SHARES
  • २०७९ कार्तिक १३ गते आइतबार

    मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटनामा परि पाँच जनाको मृत्यु, २५ घाइते

    काठमाडौं । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ख ७५८० नम्बबरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा  दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । 

    इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।  सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो ।  दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

     


    images
    images

    Logo