काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २६ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३१ रुपैयाँ र बिक्री दर १ सय ३१ रुपैयाँ ६० पैसा रहेको छ भने बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५१ रुपैयाँ ८० पैसा र बिक्री दर १ सय ५२ रुपैयाँ ५० पैसा रहेको छ।
