images
images

ललितपुर निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार डा.तोसिमाको उम्मेदवारी खारेज


  • 441
    SHARES
  • २०७९ कार्तिक १२ गते शनिबार

    ललितपुर निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार डा.तोसिमाको उम्मेदवारी खारेज

    काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । आयोगको शनिबार बसेको बैठकले डा। कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको हो ।

    डा कार्की लाभको पदमा बहाल रहेकाले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो । उजुरीका आधारमा कार्यालयले सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरणसहितको कागजात पठाएको थियो । 

    उम्मेदवार डा कार्की मिति २०७८ पुस २ देखि चार वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्थाबमोजिम २०७९ वैशाख ९ देखि २०७९ भदौ २ गतेसम्म भत्ता बुझेको पाइएको आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए । 

     


    images
    images

    Logo