images
images

जुवातास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ


  • 351
    SHARES
  • २०७९ कार्तिक १२ गते शनिबार

    जुवातास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ

    काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने होम कुमार लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिकामा बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

    प्रहरी वृत्त सातदोबाटो र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार ३ सय २० रूपैयाँ, रातो रङको क्वाईन २३ थान, तास, कालो रङको क्वाईन २२ थान, सेतो क्वाईन १८ थान र ३ वटा गाडी सहित पक्राउ गरेको हो ।

    त्यस्तै, हेटौंडा उपमहानगरपालिका बस्ने ध्रुर्व राईको घरमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौघडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ८ सय २० रूपैयाँ र १७ थान कौडा सहित पक्राउ गरेको हो । 

    दिपक भट्टराई लगायत १४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार २ सय ८५ रूपैयाँ र तास १२ बुक सहित पक्रउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    images
    images

    Logo