images
images

कांग्रेसको संकल्प : ५ वर्षमा साढे १२ लाख व्यक्तिलाई रोजगारी दिने


  • 348
    SHARES
  • २०७९ कार्तिक १२ गते शनिबार

    कांग्रेसको संकल्प : ५ वर्षमा साढे १२ लाख व्यक्तिलाई रोजगारी दिने

    काठमाडौं । नेपाली कांग्रेसले आगामी ५ वर्ष भित्रमा साढे १२ लाख जनालाई रोजगारी दिने चुनावी प्रतिबद्धता व्यक्त गरेको छ । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका शनिबार संकल्पपत्र सार्वजनिक गर्दै कांग्रेसले ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । त्यस्तै, न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।

    ‘व्यापक रोजगारीको सम्भावना बनेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायत अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ  रोजगारी सिर्जना गर्ने संकल्प गर्दछ,’ कांग्रेसले चुनावी प्रतिबद्धता व्यक्त गरेको छ ।

    ‘तीन त्रिहत्तर’ को अवधारणा
     
    कांग्रेसले ५ वर्षको अवधिमा गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच अभिवृद्धि गर्दै सबैलाई स्वास्थ्य बिमा, सवल स्वास्थ्य प्रणालीको अवधारणासहित ‘तीन त्रिहत्तर’ को अवधारणा अघि सारेको छ । तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने सङ्कल्पपत्र प्राविधिक मस्यौदा समितिका संयोजक अर्थशास्त्री डा स्वर्णीम वाग्लेले बताए।
     
    नसर्ने रोगबाट हुने मृत्युदर एक तिहाइ घटाउने, औसत आयु ७३ बनाई, मातृ मृत्युदर ८० प्रति एक लाख जीवित जन्म) पुर्याउने, स्वास्थ्य बीमित हुने सङ्ख्या शतप्रतिशत पु¥याउने, बिमा रकमको दायरा बढाई १० लाख रुपैयाँ  पुर्याउने, बालकुपोषण २० प्रतिशत घटनाउने लक्ष्य लिएको छ ।

     


    images
    images

    Logo