काठमाडौं । कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ। शनिबार बिहान ८ बजे कालिकोटको तिलागुफा नगरपालिका–१० रानावाडास्थित कोदोबारीमा बम विस्फोट भएको हो । उनका अनुसार बम विस्फोटमा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको पहरीले जनाएको छ ।
सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीया मुस्कान थापा र ३ वर्षीया दर्शना राना घाइते छन्। घाइते भएका ३ जनाको उपचारको लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ । विस्फोट भएको बम नयाँ हो वा पूरानो भन्ने अनुसन्धान भइरहेको छ।