काठमाडौ । सुनसरीमा भएकाे सडक दुर्घटनामा तीन जनाकाे ज्यान गएकाे छ । इटहरी उपमहानगरपालिका–१० मा दुई मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको हाे।
शुक्रबार साँझ भएको दुर्घटनामा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राईको मृत्यु भएको सुनसरी प्रहरीले जनाएकाे छ ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटनामा भएको जनाइएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार तीनैजना गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनीहरूको उपचारका क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।