images
images

डेंगु सङ्क्रमणबाट ५२ जनाको मृत्यु, सङ्क्रमित हुनेको संख्या ४६ हजार नाघ्यो


  • 390
    SHARES
  • २०७९ कार्तिक ११ गते शुक्रबार

    डेंगु सङ्क्रमणबाट ५२ जनाको मृत्यु, सङ्क्रमित हुनेको संख्या ४६ हजार नाघ्यो

    काठमाडौं । नेपालमा हालसम्म डेंगु सङ्क्रमणबाट ५२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर थप २ हजार ७ सय २८ जनामा डेंगु रोगको सङ्क्रमण पुष्टि भएको छ । 

    कार्तिक ५ गते देशभर ४३ हजार ६ सय ८५ जनामा डेंगु रोग पुष्टि भएकोमा कार्तिक ११ सो सङ्ख्या बढेर ४६ हजार ४ सय १३ पुगेको हो । गत श्रावण महिनादेखि फैलिएको डेंगु रोगको प्रकोप देशका ७७ जिल्लामा फैलिसकेको छ ।

     


    images
    images

    Logo