काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको आशिर्वाद पाएकाहरु सबै विजयी हुनुपर्ने बताएका छन् । झापाको क्षेत्र नं ३ मा आयोजित एमाले र राप्रपाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई मत दिन आग्रह गर्दै उनले एमालेले राप्रपालाई विजयी भवः भन्दै आर्शिर्वाद दिएको उल्लेख गरेका हुन् ।
‘एमाले राप्रपालाई आशिवाएद दिएको छ । एमालेले विजयी भवः भन्दा पनि जित्दैन भने के काम ?,’ उनले भने ।
उनले एमालेले हलोमा भोट नहाले देशद्रोहीहरु आउने समेत बताए । उनले गठबन्धन सरकारलाई अलक्षिन ह्विचिलको संग्या दिँदै उनीहरुले सरकार चलाउन थालेपछि देशमा विकास निर्माणको काम गर्न पैसा अभाव हुन थालेको उल्लेख गरे ।
उनले एमाले बहुमतसहितको पहिलो दल बन्ने भन्दै चुनावपछि राप्रपा, जसपा लगायतलाई समेत लिएर सरकार बनाउने उल्लेख गरे । उनले राप्रपा राष्ट्रिय पार्टी बन्ने भन्दै लोसपा र एकीकृत समाजवादी राष्ट्रिय दल समेत बन्न नसक्ने उल्लेख गरे ।



