images
images

डलरको तुलनामा युरो मजबुत, यसको प्रभाव कहाँकहाँ पर्छ ?


  • 453
    SHARES
  • २०७९ कार्तिक ११ गते शुक्रबार

    डलरको तुलनामा युरो मजबुत, यसको प्रभाव कहाँकहाँ पर्छ ?

    काठमाडौं । लगातार उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको साझा मुद्रा युरो भने केही मजबुत देखिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिद मूल्य १ सय ३१ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै बिक्री मूल्य १ सय ३२ रुपेयाँ २९ पैसा रहेको छ ।

    युरोको भने खरिद मूल्य १ सय ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री मूल्य १ सय ३२ रुपैयाँ ७८ रहेको छ । यस आधारमा अमेरिकी डलरभन्दा झिनोरुपमा युरो अगाडि रहेको छ । बिहीबार पनि अमेरिकी डलरको तुलनामा युरो नै मजबुत देखिएको थियो । 

    पछिल्ला दिनमा लगातार अमेरिकी डलरको मूल्यमा देखिएको वृद्धिले घरेलु अर्थतन्त्रमा दबाव परेको थियो । आयातमा केन्द्रित रहेको अर्थतन्त्रमा डलरको मूल्य बढ्दा नकारात्मक प्रभाव देखिएको छ । विप्रेषणलगायत केही क्षेत्रमा सकारात्मक प्रभाव पर्ने भए पनि अधिकांश माल वस्तु आयात हुने देशमा त्यसले नकारात्मक असर पर्ने अर्थतन्त्रका जानकारको भनाइ छ । 


    images
    images

    Logo