काठमाडौं । महोत्तरीको भँगाहा भएको घटनाको बारेमा सहमति जुटेको छ । बिहीबार भएको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच शुक्रबार ८ बुँदे सहमति भएको हो ।
बिहीबार भाइटिकाको दिन पडरियाबाट हिन्दु सम्राट सेनाले श्री रामको नारा लगाउँदै र्याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरूले ढुंगामुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
बिहीबार बिहान दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी समेत गरेको थियो । पररिया क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न र्याली निकाल्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने पनि सहमति भएको छ ।
घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको लागि सिफारिस गर्न टोली गठन गर्ने, घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।




