काठमाडौं । काठमाडौँको एक रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गएराति ८ बजेतिर नागार्जुन नगरपालिका–७ स्विजरल्यान्डपार्क नजिकै रहेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट प्रहरीले विशेष सूचनाको आधारमा १८ जनालाई पक्राउ गरेको हो ।
जुवा र कौडा खेलिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसका साथै उनीहरुबाट ३ लाख ८२ हजार ५ सय ९५ रुपैयाँ, १५ बुक तास र १६ थान कौडा पनि बरामद भएको छ भनउनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।