images
images

एकैदिन हजार जना सवारी चालक कारवाहीमा


  • 286
    SHARES
  • २०७९ कार्तिक ११ गते शुक्रबार

    एकैदिन हजार जना सवारी चालक कारवाहीमा

    काठमाडौं ।  काठमाडौं उपत्यकामा एकैदिन हजार जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई विहीबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ६४ जना, लेन अनुशासन पालना नगर्ने २० जना, रेड लाइडमा सवारी साधन चलाउने ३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६ र नम्बर प्लेट राम्रोसँग नराख्ने २० जना चालक रहेका छन् । यस्तै ६ सय ६६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo