काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २९ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३२ रुपैयाँ १८ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ७८ पैसा रहेको छ भने बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५२ रुपैयाँ ३३ पैसा र बिक्री दर १ सय ५३ रुपैयाँ ३ पैसा रहेको छ।
