images
images

अनिश्चितकालीनका लागि महोत्तरीको भँगाहामा कर्फ्यु जारी


  • 499
    SHARES
  • २०७९ कार्तिक १० गते बिहीबार

    अनिश्चितकालीनका लागि महोत्तरीको भँगाहामा कर्फ्यु जारी

    काठमाडौं । महोत्तरीको भँगाहामा अपराह्न ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । बिहीबार बिहान दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जारी कर्फ्यु आदेशमा साम्प्रदायिक सद्भाव खलल पुग्ने गरी बिहीबार भँगाहामा दुई पक्षबीच झडप भएको थियो सो कारणले  कर्फ्यु जारी छ । 

    यस्तै, दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रह्मस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नगरपालिका वडा नम्बर १ बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टीनजिकैको पुलसम्म कर्फ्यु आदेश जारी गरिएको प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । 

    यसका साथै कर्फ्यु जारी भएका स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, र्‍याली र सभा नगर्न प्रशासनको आदेशमा भनिएको छ । 

    940x380-कर्फयू_आदेश.jpg


    images
    images

    Logo