काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज जुनसुकै बेला टीका लगाउन सकिने भएपनि उत्तम साईत ११ः३७ वजे भएको जनाएको हो ।
कात्तिक ५ गते र शनिबार यमदीपदान दिएर सुरु भएको यमपञ्चक भाइ टीका लगायसंगै बिहिवार सकिन्छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
भाइ टीकाका दिन साइत खोज्नेले बिहान ११ :३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ ।
