images
images

अभिनेत्री प्रियंका कार्कीको घरबाट पैसासहित गरगहना चोरी


  • 380
    SHARES
  • २०७९ कार्तिक ९ गते बुधबार

    अभिनेत्री प्रियंका कार्कीको घरबाट पैसासहित गरगहना चोरी

    काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको घरबाट नगद र सुनका गरगहना चोरी भएको छ। ललितपुरको भैंसेपाटीस्थत उनको घरबाट लक्ष्मीपूजाको राति चोरी भएको हो। लक्ष्मीपूजाको दिन राति अभिनेत्री कार्कीको परिवार डिनरका लागि बाहिर गएको मौका छोपेर चोरी गरेको प्रहरीले जनाएको छ । 

    चोरले  प्रियंका कार्कीको घरबाट नगद ३० हजार रुपैयाँ, करिब ५ तोला सुनका गरगहना चोरी गरेको छ । बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको प्रहरीले जनाएको छ । उक्त घटनाको बारे अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ । 


    images
    images

    Logo