images
images

एमाले दक्षिणपन्थी र राजावादीसँग गठबन्धन गरेर प्राप्त उपलब्धिलाई कमजोर पार्ने खेलमा


  • 328
    SHARES
  • २०७९ कार्तिक ९ गते बुधबार

    एमाले दक्षिणपन्थी र राजावादीसँग गठबन्धन गरेर प्राप्त उपलब्धिलाई कमजोर पार्ने खेलमा

    भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संविधान, लोकतान्त्रिक गणतन्त्र र संघीयता बचाउनका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

    आज भक्तपुरमा कांग्रेस नगर समितिद्धारा आयोजित शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै सहमहामन्त्री परियारले पाँच दलीय गठबन्धन चुनावी अभियान मात्र नभइ राष्ट्रलाई संकटबाट जोगाउने तथा संविधान र परिवर्तनलाई रक्षा गर्ने महाअभियान भएको दाबी गरे ।

    सहमहामन्त्री परियारले आउँदो चुनाव संविधान रहने कि नरहने तथा संघीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले संविधान र संघीयताका पक्षमा एकताबद्ध भएर लाग्न गठबन्धनका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

    उहाँले गठबन्धन विजयी भएपछि आर्थिक विकास र समृद्धिको यात्रालाई अघि बढाएर राजनीतिक परिवर्तनलाई दिगो बनाउनुपर्नेमा जोड दिए । सहमहामन्त्री परियारले लोकतन्त्र र गणतन्त्रमा अझै खतरा रहेकोले आउने चुनावमा एमाले नेतृत्वको प्रतिगामी शक्तिलाई पराजित गरेर अग्रगमनकारी शक्तिलाई विजयी बनाउनुपर्छ भने ।

    उनले एमालेले दक्षिणपन्थी र राजावादीसँग गठबन्धन गरेर प्राप्त उपलब्धीलाई कमजोर पार्ने खेलमा लागेको बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यत्रय मदनकृष्ण श्रेष्ठ,रमा पौडेल,गंगालक्ष्मी अवाल,बागमती प्रदेशका भौतिक पुर्वाधारमन्त्री कृष्णलाल भँडेल,उद्योगराज्यमन्त्री रजनी जोन्छे ,कानुन आयोगका पुर्व अध्यक्ष बाबुराजा जोशी लगायतले बोलेका थियो ।

     


    images
    images

    Logo