images
images

एकैदिन १ हजार ८ सय ८६ जना सवारी चालक कारवाहीमा


  • 318
    SHARES
  • २०७९ कार्तिक ९ गते बुधबार

    एकैदिन १ हजार ८ सय ८६ जना सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन  १ हजार ८ सय ८६ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने २ सय ९३ जना, लेन अनुशासन पालना नगर्ने १५ जना, रेड लाइडमा सवारी साधन चलाउने २५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ४४ र नम्बर प्लेट राम्रोसँग नराख्ने ६७ जना चालक रहेका छन् । यस्तै १ हजार ४ सय ४२ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo