images
images

अनधिकृत फोहोर फाल्ने व्यक्तिबाट ३ महिनामा महानगरले उठायो ४ लाख रुपैयाँ


  • 245
    SHARES
  • २०७९ कार्तिक ८ गते मंगलबार

    अनधिकृत फोहोर फाल्ने व्यक्तिबाट ३ महिनामा महानगरले उठायो ४ लाख रुपैयाँ

    काठमाडौं । काठमाडौं महानगरपालिकाले  अनधिकृत फोहोर फाल्ने व्यक्तिहरुबाट ३ महिनामा ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको छ । रातको समयमा सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा घरको फोहोर बोकेर फाल्न आउने व्यक्ति तथा व्यवसायी तथा संस्थाका प्रतिनिधिहरुलाई पक्राउ गरी जरिवाना गरिएको हो ।

    वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा  साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन गरेको हो । 

    फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसाँ जरिवाना रकम तोक्ने गरिएको छ । जरिवाना तोकेपछि कतिपय व्यक्तिले गल्ती महसुस गरेर जरिवाना तिर्नुहुन्छ भने कति व्यक्तिहरु जरिवाना तिर्नु नपर्ने अडान लिनुहुन्छ ।अनुगमनका लागि नगरप्रहरी र कर्मचारीको टोली हरेक दिन बेलुकाबाटै खटिने गरेको छ । एक दिनमा ५ जनाको टोली खटिन्छ ।

    काठमाडौँ महानगरले फोहोर फालेका कारण कारवाही गर्नु पर्ने अवस्था नआओस् भन्ने चाहना बताउँदै आएको छ । घरमा कुहिने र नकुहिने फोहोर बर्गीकरण गरेर राख्ने र तोकिएका व्यक्ति तथा सवारी आएपछि मात्र बाहिर निकाल्न महानगरको अनुरोध छ ।

     


    images
    images

    Logo