images
images

भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री


  • 293
    SHARES
  • २०७९ कार्तिक ७ गते सोमबार

    भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री

    काठमाडौं । कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका  प्रधानमन्त्री  बनेका छन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको  दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट ऋषि प्रधानमन्त्री बनेका हुन् ।  

    प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनकको भाग्योदय भएको हो । लिज ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बने । मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि उनले चर्को आलोचना खेप्नु परेको थियो । साथै उनको कार्यकालमा बेलायतको मुद्रा अवमूल्यन भएको थियो । 

    गत बिहीबार उनले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा रहेका थिए । तर बोरिस जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि  कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उन बहिरीएका थिए। 

    नयाँ प्रधानमन्त्री सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हु्न् । उनी हिन्दु धर्मावलम्बी हुन् । अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्व छात्र सुनकले इन्फोसिसको संस्थापक प्रख्यात अर्बपति व्यापारी नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका छन् ।

     


    images
    images

    Logo