काठमाडौं । काठमाडौंको बालाजुस्थित लोलाङ हाइटमा एक जुत्ता कारखानामा भीषण आगलागी भएको छ । सोमबार साँझ पौने ७ बजे आगलागी भएपछि प्रहरीको जनाएको छ । आगो निभाउन सैनिक, प्रहरी र सशस्त्र प्रहरीको टोली दमकलसहित परिचालित भएका छन् ।
जुत्ता कारखाना रहेको घरमा आगलागी भएको र नजिकै अरु सटरहरुमा पनि आगो सल्किएको जानकारी आएको प्रहरीले जनाएको छ । घटनास्थलमा ४ दमकल र आधा दर्जन पानी ट्यांकर पुगेका छन् ।