images
images

मर्जरको प्रक्रियामा रहेको मेगा बैंकको नाफा ४४.३३ प्रतिशतले घट्यो


  • 544
    SHARES
  • २०७९ कार्तिक ७ गते सोमबार

    मर्जरको प्रक्रियामा रहेको मेगा बैंकको नाफा ४४.३३ प्रतिशतले घट्यो

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको मेगा बैंकको नाफा घटेको छ । असोज मसान्तसम्मको विवरण अनुसार बैंकको नाफा ४४.३३ प्रतिशतले घटेको हो । सो अवधिमा बैंकले ५० करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस्तो रकम ९१करोड ४६ लाख रुपैयाँ रहेको थियो।

    असोज मसान्तसम्ममा बैंकको नाफा घटेपनि खुद ब्याज आम्दानी १८.६० प्रतिशतले बढेको छ । त्यस्त बैंकको कुल सञ्चालन आम्दानी ७.५६ प्रतिशतले बढेको छ । तर यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्जमा बढेकाले पनि बैंकको नाफा घट्न पुगेको हो । 

    सोही समयमा बैंकको जगेडा कोषमा ६अर्ब ७५ करोड रहेको छ। त्यसैगरी, बैंकको निक्षेप १.१० प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब पुगेको छ भने  र कर्जा  २.९९ प्रतिशत बढेर १ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ।

    सो समयमा बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४१ रुपैयाँ ८८ पैसा रहेको छ। 


    images
    images

    Logo