images
images

किन गरिन्छ पाँच 'यम'को पूजा ?


  • 814
    SHARES
  • २०७९ कार्तिक ६ गते आइतबार

    किन गरिन्छ पाँच 'यम'को पूजा ?

    काठमाडौं । तिहार हिन्दुहरुको दोस्रो महान पर्व हो । यो पर्व दशैँको पन्ध्र दिनपछि आउने गदर्छ । । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म जम्मा पाँच दिन मनाइन्छ ।

    पहिलो दिन काग तिहार हो । त्यस्तै,दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ तर यस वर्ष कुकर तिहार र (लक्ष्मीपूजा) एकैदिन परेको छ । तेस्रो दिनलाई गाईतिहार भनिन्छ ।  त्यस्तै, चौथो दिनलाई गोर्बधन पूजा वा हल तिहार भनिन्छ । यसदिन गोर्बधन पर्वत र गोरुको पूजा गरिन्छ । अन्तिम दिन भाइटीका हो । 

    तिहारको पाँच दिन, कुन दिन कुन तिहार ? 

    पहिलो दिन: काग तिहार

    कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । यस वर्ष कात्तिक ५ गतेको दिन काग तिहार परेको छ ।  धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा लिई पूजा अर्चना गरेर चोखो खानेकुरा दिने गरिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यबमदूतका रुपमा लिइन्छ ।

    दाेस्रो दिन : कुकुर तिहार तथा लक्ष्मी पूजा

    कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं ।त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ । 

    यसका साथै  यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार परेको छ । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ ।नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ।

    तेस्रो दिन : गाई तिहार 

    सामान्यतया एक दिन अघि वा सोही दिन बिहान गाई तिहार मनाएर साँझमा लक्ष्मीपूजा मनाइन्छ। तर, यसपटक लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् कार्तिक ८ गते मात्र गाई तिहार तोकिएको छ। कार्तिक ८ गते खण्डग्रास सूर्य ग्रहण भएकाले लक्ष्मीपूजा तथा गाई तिहार  एकै दिन नभएको भन्ने भनाइ छ । अरु बर्ष गाई तिहार एवम लक्ष्मी पुजी एकै दिन पर्ने गदर्थो । 

    चौथो दिन : गोरु तिहार

    तिहारको चौथो दिनगाईगोरु पुजा गरिन्छ । तिहारको यमपञ्चक अन्तर्गत पर्ने चौथोलाई हली तिहार अर्थात् गोरु पूजा भनिन्छ । गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा चौथो दिन मनाइन्छ। पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो ।त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरुले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको गोरूको पनि पूजा गर्दछन्।

    गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलिपूजा र म्ह (आत्म) पूजा कात्तिक ९ गते बुधबार परेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ । यसलाई काठमाडौं उपत्यकामा ठूलो उत्साह र भावनाले मनाइने गरिन्छ । नेवार समुदायले म्ह पूजा अर्थात् आफ्नो शरीरको पूजा गरी सगुन लिन्छन् । परिवारका मुली महिलाले सवै सदस्यको शरीरको पूजा गरि हाास वा कुखुराको फुल सगुन अर्पण गर्ने परम्परा रहेको छ । 


    पाचौँ दिन : भाइ तिहार 

    कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो । यस वर्ष भाइटिकाको साइत  बिहान ११:३७ बजे रहेको छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान (दक्षिणा एवं वस्त्र) आदि दिने परम्परा रहेको छ । 

    शास्त्रीय मान्यता अनुसार परापूर्वक कालमा यही दिन यमराजले यसै दिन आफ्नी बहिनी भेट्न गएका थिए । त्यसबेला यमुनाले मिठा मिठा परिकार बनाएर खुवाएकी थिइन् भने यमराजले थुप्रै उपहारहरु दिएका थिए । फर्कने बेलामा यमूनाले यमराजसँग प्रेत्यक वर्ष कात्तिक कृष्ण पक्षको द्वितियाका दिन दाजुबहिनी सँधैं‌ भेट्ने बाचा गराएकी थिइन् ।  यही आधारमा यो दिन भाइटिका मनाउने गरिन्छ ।  

    भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् ।


    images
    images

    Logo